बैतडी— भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल–भारत सीमा नाकाहरू बन्द हुने भएका छन्।
आगामी जुलाई २४ र २८ (साउन ८ र १२ गते) मा भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत निर्वाचनका कारण बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यही निर्वाचनलाई ध्यानमा राखेर सुरक्षा संवेदनशीलताका कारण सीमा नाका बन्द गर्ने निर्णय गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।
उनका अनुसार, दार्चुलाको पुलघाट नाका जुलाई २१ (साउन ५ गते) बेलुकादेखि जुलाई २४ (साउन ८ गते) बिहानसम्म बन्द हुनेछ।
यस्तै, बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहनेछ। उक्त अवधिमा आकस्मिक रूपमा नाका खोल्नुपरेमा दुवै देशको आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ।