चितवन— नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा आज बिहान एक मिनी ट्रक दुर्घटना भएको छ। भारतबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको आयसर मिनी ट्रक आफैं अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो।

दुर्घटनामा ट्रक चालक भारतको लखनउ निवासी २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह घाइते भएका छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ट्रकमा भारतबाट काठमाडौं ल्याउँदै गरिएको मेवा रहेको जनाइएको छ। दुर्घटनापछि घटनास्थलमा प्रहरी टोली खटिएको थियो भने थप अनुसन्धान भइरहेको छ।