दाङ –बाँकेको कोहलपुरबाट नक्कली नोट र लागूऔषधसहित एक पत्रकार पक्राउ परेका छन्।

कोहलपुरबाट सञ्चालित जनगर्जन नेटवर्क प्रालिमा कार्यरत पत्रकार मनबहादुर सहकारीलाई १ हजार दरका ५१ थान नक्कली नोट र १९ किलो अफिमसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी लक्ष्मी खनालले जानकारी दिइन्।

प्रहरीका अनुसार सहकारीलाई उनको कार्यलयबाटै पक्राउ गरिएको हो। अहिले उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

यस घटनाले पत्रकारिताको आडमा गैरकानुनी गतिविधि भइरहेको गम्भीर आशंका समेत जन्माएको छ।