नवलपुर — नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका–१ बेलुवामा बाघको आक्रमणमा परेर एक व्यक्ति घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार त्रिकोण सामुदायिक वनमा घाँस काटिरहेका ३८ वर्षीय दिपेन्द्र शेर्पुन्जा बाघको आक्रमणमा परेका हुन्। प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार बिहानको समयमा भएको उक्त घटनापछि घाइते शेर्पुन्जालाई उपचारका लागि कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।

उनको दाहिने हात, छाती र ढाडमा चोट लागेको बताइएको छ। स्थानीयवासीका अनुसार बाघले आक्रमण गरेपछि उनी भागेर ज्यान जोगाउन सफल भएका थिए। घटनापछि बाघ जंगलतर्फ फर्किएको प्रहरीको भनाइ छ।