काठमाडौं – मलेसियाको जोहोर राज्यमा बुधबार बिहान एक प्रहरी हेलिकप्टर आपतकालीन अवतरण गर्ने क्रममा नदीमा खसेको छ। हेलिकप्टरमा सवार पाँचै जना चालक दलका सदस्य सकुशल उद्धार गरी जोहोर बारुको सुल्ताना अमीना अस्पतालमा भर्ना गरिएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, दुर्घटना जोहोरको सुंगाई पुलाई क्षेत्रमा भएको हो। हेलिकप्टर नियमित सैन्य अभ्यासमा संलग्न थियो। मलेसियन नागरिक उड्डयन प्राधिकरण  का अनुसार, हेलिकप्टरले बिहान ९:५१ बजे तंजुंग कुपांग प्रहरी चौकीबाट उडान भरेको थियो, तर केही समयमै प्राविधिक समस्या आएपछि आपतकालीन अवतरणको प्रयासमा नदीमा खसेको हो।

घटनाको छानबिन एयर एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरोले गर्ने जनाएको छ। दुर्घटनामा परेको हेलिकप्टर ३० वर्ष पुरानो फ्रान्समा निर्मित एयरबस एएस३५५एन मोडलको हो, जसलाई मलेसियाली प्रहरीले सन् १९९६ मा प्राप्त गरेको थियो। यसको स्थानमा नयाँ हेलिकप्टर खरीद गर्न सन् २०२३ को नोभेम्बरमा टेन्डर आह्वान गरिएको थियो।

नागरिक उड्डयन प्राधिकरणले यो दुर्घटनालाई “गम्भीर विमान दुर्घटना” मानेर औपचारिक छानबिन अघि बढाइसकेको छ।