काठमाडौं – चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला परेको छ। सशस्त्र प्रहरीका अनुसार, शवको उमेर अन्दाजी ४५–५० वर्षको अनुमान गरिएको छ।
बिहीबार बिहान फेला परेको शवको पहिचान खुल्न बाँकी छ। शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, शव असार २४ गते रसुवामा आएको बाढीमा बेपत्ता भएका व्यक्तिमध्ये एकको हुन सक्ने आशंका गरिएको छ।
![नेपाल प्रहरीमा डीएसपीदेखि जवानसम्म माग [सूचनासहित] नेपाल प्रहरीमा डीएसपीदेखि जवानसम्म माग [सूचनासहित]](https://guptacharkhabar.com/uploads/2026/04/fb-img-1775194364405.jpg)





































