काठमाडौं — नेपाल शिक्षक महासंघविरुद्ध प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उजुरी परेको छ।

शिक्षक नारायणप्रसाद घिमिरे र कार्यालय सहयोगी शंकरबहादुर कुमालले उक्त उजुरी दर्ता गराएका हुन्। उनीहरूले महासंघ दर्ता विना नै सञ्चालनमा रहेको दाबी गरेका छन्।

उजुरीमा महासंघले वैधानिक प्रक्रिया नअपनाई कार्यालय छाप र लेटरप्याड प्रयोग गर्दै अनाधिकृत रूपमा आर्थिक संकलन गरिरहेको आरोप लगाइएको छ। सदस्यता शुल्क, नवीकरण दस्तुर र सहयोग रकमका नाममा रकम उठाउने कार्य भइरहेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

उजुरीकर्ताहरूले महासंघको गतिविधि तत्काल रोक्न र आवश्यक अनुसन्धान अघि बढाउन समिति समक्ष माग गरेका छन्।