एजेन्सी— अमेरिकाको टेक्सस राज्यमा आएको बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु २७ जना व्यक्ति हराइरहेको बताइएको छ ।
ग्वादालुप नदीमा आएको बाढीले राज्यको मध्यभागमा व्यापक क्षति पुर्याएको एनबीसी न्युजले खबर दिएको छ ।
खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् । खोजीकर्ताहरूले हेलिकप्टर, डुंगा र ड्रोनको सहायताले पीडितहरूलाई खोजिरहेका छन् । सडक बगेपछि क्याम्पहरूमा एक्लिएका व्यक्ति र रुखमा बसेर ज्यान जोगाइरहेका व्यक्तिलाई उद्धार गर्न खोजिएको छ ।
केर काउन्टीमा बाढीले सबभन्दा बढी क्षति गरेको छ । बालिकाहरूको समर क्याम्प चलेको स्थान क्याम्प मिस्टिकमा बाढी पसेपछि २७ जना बालबालिका हराएका छन् ।
बाढीसम्भावित क्षेत्रमा पर्याप्त चेतावनी र सूचना दिइएको थियो कि थिएन र विपतका लागि तयारी पुगेको थिएन भनी प्रश्न उठेका छन् ।