नवलपरासी— नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–२ टाँडीस्वारामा विषालु च्याउ खाँदा एउटै गाउँका १६ जना बिरामी भएका छन् । स्थानीय जीवनज्योति चर्च मण्डलीको भवनको ढलानको काम गर्न गएका उनीहरू घर ढलानको भोजमा च्याउ खाएघर ढलानको भोजमा च्याउ खाएर बिरामी परेका हुन् ।
च्याउ खाएर बिरामी भएकामध्ये नौ जनाको चितवनको भरतपुरस्थित सरकारी अस्पताल र सात जनाको भरतपुरकै भरतपुरको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए । तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए ।
उनीहरु सबै बुलिङटार गाउँपालिका–२ का बासिन्दा हुन् । च्याउ खाएर बिरामी परेका स्थानीय १७ वर्षीया निशा ठाडामगर, ४५ वर्षीय एकवीर बराल र ५० वर्षीया चुलीमाया थापाको अवस्था गम्भीर छ । च्याउ खाएर बिरामी हुनेहरूमा सोही ठाउँका ५१ वर्षीया समीमाया राना, १७ वर्षीया कविता लुङ्गेली, ३७ वर्षीय सीताराम गरन्जा मगर, ४८ वर्षीय कृष्णबहादुर राना, ७८ वर्षीया जसु डिसुवा मगर र ४२ वर्षीया हुमाया सारु रहेका छन् ।
यस्तै, स्थानीय ६६ वर्षीया गनिसरा रानामगर, ४० वर्षीया मनमाया लुङ्गेली मगर, ३५ वर्षीया धनमाया लुङ्गेली, ५० वर्षीया रुमा गाहामगर, १८ वर्षीय राजन रानामगर, ३१ वर्षीय सञ्जय कुमाल र उनकी सात वर्षीया छोरी एरिना कुमाल पनि च्याउ खाए बिरामी परेका छन् ।