लालबन्दी— लालबन्दी नगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच आर्थिक वर्ष २०८१/८२ मा भएको समझौताअनुसार विद्युतीय चुलो (तह–३) तथा घरायसी बायोग्यास जडानका लागि स्वच्छ चुलो कार्यक्रम सञ्चालनमा ल्याइएको छ।
यस कार्यक्रमअन्तर्गत सुधारिएको चुलो तथा बायोग्यास जडान गर्न इच्छुक र आवश्यक मापदण्ड पुगेका लालबन्दी नगरवासीहरूले आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपी सहित २०८२ असार २० गतेसम्ममा आफ्नो वडा कार्यालयमा उपस्थित भई माग संकलन फारम भर्न अनुरोध गरिएको छ।
यो कार्यक्रमले वातावरणमैत्री ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्दै स्वास्थ्य र ऊर्जा खपतमा सुधार ल्याउने वडा अध्यक्ष शिवकृष्ण बैद्यले अपेक्षा गरेका छन्।
मातहतका सबै नगरवासीहरूलाई तोकिएको समयसीमा भित्र फारम भरी सहयोग गर्न आग्रह गरिएको वडा अध्यक्ष बैद्यको भनाइ छ।