काठमाडौं— चन्द्रागिरी नगरपालिका– ५ स्थित गुर्जुधारा यातायात व्यवस्था कार्यालयबाट प्रहरीले ६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–६ घर भएका २९ वर्षीय विकाश तामाङ, मकवानपुर घर भएका २५ वर्षीय सुशील अधिकारी, सर्लाही घर भएका २४ वर्षीय अनिश ठकुरी, मकवानपुरका १९ वर्षीय छिरिङ ल्हो, धादिङका २७ वर्षीय मनोज तामाङ र गोरखा घर भएका २४ वर्षीय राजीव खत्री छन् ।
उनीहरुले मोटरसाइकल सम्बन्धी कामको सिलसिलामा आउने सेवाग्राहीहरूसँग ‘छिटो काम गरिदिन्छौँ’ भनेर हैरानी दिने गरेको आरोपमा छ ।
आरोपीहरुविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए।