काठमाडौं— काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकी स्थित ईडिफाई ईन्टेरनेशनल स्कुलको कमाउण्ड भित्र उक्त स्कुलको ईभि माईक्रो भ्यान दुर्घटना भएको छ । स्कुलबाट बाहिर निस्कने क्रममा स्कुलको गेटको पिलरमा ठोक्कीदा शिक्षक तथा बाल बालिकाहरु घाईते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । निम्न अस्पतालमा उपचार भइरहेको ।
सर्लाहीको लालबन्दि न.पा. १४ घर भएकी ८ की वर्षीया रेश्मा मोक्तानको टाउको र निधारमा चोट लागेका,रामेछाप घर भइ हाल का.जि. स्वयम्भु बस्ने ९ वर्षीया नेशिया थापाको टाउँकोमा चोट लागेको, किर्तिपुर घर भएकी ९ वर्षीया निकिशा डंगोलको बायाँ खुट्टामा चोट, मकवानपुर घर भइ हाल कलंकी बस्ने ११ वर्षीया सिमरन खड्काको दाहिने खुट्टा र दाहिने कानमा चोट लागेको, गुल्मि घर भइ हाल का.जि. कलंकी बस्ने ९ वर्षीया प्रेमिसा घर्तिमगरको मुखमा र दाहिने खुट्टमा चोट लागेकोले उनीहरुको नेपाल नेशनल अस्पतालमा उचार भइरहेको प्रहरीले जनाएको छ ।
सर्लाहीकी ९ वर्षीया सोनाक्षी यादवको भने सहिद मेमोरीयल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । तनहु घर भइ कलंकी बस्ने उक्त स्कुलको प्रधानाध्यापक बर्ष ४६ को सुरज पोख्रेल बोल्न सक्ने दाहिने घुँडामा चोट लागेकोले उनको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । त्यस्तै धनुषा घर भइ हाल कलंकी बस्ने उक्त गाडीको चालक बर्ष ६० हर्क बहादुर कार्कीको नाक र बायाँ आँखामा चोट लागेकोले उनको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।