काठमाडौं— सार्वजनिक यातायात व्यवसायीहरुले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि देशव्यापी आन्दोलन घोषणा गरेका व्यवसायीहरुले आइतबार दिउँसो माइतीघर बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् ।

दुई पांग्रे र चार पांग्रे निजी सवारी साधनलाई पनि सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिँदा आफूहरुको लगानी संकटमा परेको भन्दै शुक्रबार गण्डकीमा सार्वजनिक यातायात ठप्प पारेका व्यवसायीहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।