काठमाडौं— यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित ४ जनालाई गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको छ ।
कम्प्युटर अपरेटर पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ्ग, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगर विरुद्ध अख्त्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार मुद्दा दायर गरेको हो ।