सुनसरी— सुनसरीको दुहबी नगरपालिका—११ स्थितबाट भारतीय नम्बरको स्कार्पियोबाट प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ । विहीबार प्रतिबन्धित लागु औषध बेचविखन भइरहेको सूचना पाएलगत्तै प्रहरीले १४ पोका गाँजा बरामद गरेको हो ।
विहीबार बिहान ३ बजे लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबी, प्रहरी चौकी तनमुना र प्रहरी चौकी रामगंज वेलगछियाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले बरामद गरेको प्रहरीले जनाएको छ ।
WB 06 H 2858 नम्बरको भारतीय स्कार्पियो कार भित्रबाट प्लाष्टिकमा पोका पारी लोड गरि राखेको (१४ पोका) ४ किलो ३८ ग्राम गाँजा बरामद गरेको छ । गाँजा बरामद गरेसगै फरार भएका चालकको खोजतलास भईरहेको छ ।