बिराटनगर— लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा, मोरङ र सुनसरीबाट ५ जनालाई पक्राउ गरेको हो ।
झापाको मेचिनगर–११ स्थितमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर–१२ का २५ बर्षीय अजय मेचेलाई १ ग्राम ७८ मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागुऔषध Tramadol, Antikof र Spaspain गरि जम्मा ४६ ट्याबलेट फेला पारी नियन्त्रणमा लिएको हो ।
त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरले बिराटनगर–१५ बाट ४ ग्राम ब्राउन सुगरसहित बेलबारी–४ का ३२ बर्षीय हिमाल रिजाललाई पक्राउ गरेको हो । त्यस्तै सुनसरीको कोशी गाउँपालिका–१ स्थितमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले रामधुनी नगरपालिका–४ का २१ बर्षीय आशिष चौधरीलाई ट्रामाडोल र स्पास्मो गरी जम्मा ६ हजार ६९० क्याप्सुल र नाईट्राजाम १६० चक्कीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी भरोलले भोजपुर हतुवागढीका हेमराज सुवेदी र बराहक्षेत्र नगरपालिका–२ का २० बर्षीय अनुज बस्नेतलाई ट्रामाडोल १७५ क्यापसुल र एन्टी–कफ १६५ ट्याब्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।