गाईघाट— नेपाल प्रहरीले उदयपुरबाट २८ मन ५ सय ७५ ग्राम अर्थात १ हजार १४३ केजी गाँजासहित २ महिलालाई पक्राउ गरेको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–१, रानीटारका ४१ वर्षीया रत्नमाया श्रेष्ठ र ४२ वर्षीया कमला श्रेष्ठलाई गाँजासहित पक्राउ गरेको हो ।

रानीटार स्थित रत्नमायाको घरमा ३५ ओटा बोरामा प्याक गरेर राखिएको १ हजार १४३ दशमलव २७५ केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको संयुक्त टोलीले गाँजा र मानिस पक्राउ गरेको हो । घट्नाको थप अनुशन्धान भईरहको प्रहरीले जनाएको छ ।