काठमाडौं— गणतन्त्र दिवसका दिन राजावादीले आयोजना गरेको प्रदर्शनमा घुसपैठ भएको आरोपमा शान्तिबाटी, विद्युत कार्यालय क्षेत्रबाट ५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराका अनुसार २२ वर्षीय घनश्याम न्यायुपाने, २३ वर्षीय ब्रिज मोहन राय, १७ वर्षीय शिवराज जैसी, २६ वर्षीय आशिष लामा र २१ वर्षीय पारस राणा रहेका छन् ।
उनीहरुमध्ये घनश्याम न्याउपाने र ब्रिज मोहन रायलाई विद्युत प्राधिकरणबाट गिरफ्तार गरी प्रहरी वृत्त सिंहदरबारमा राखिएको, शिवराज जैसीलाई शान्तिबाटीकाबाट घुसपेठ गरेको भनी कार्यकर्ताले प्रहरीलाई बुझाएपछि उनलाई प्रहरी वृत्त दरबारमार्गमा राखेको, आशिष लामा र पारस राणालाई घुसपेठ गरेको शंका लागेर प्रहरी वृत्त जनसेवामा राखेको एसपी बोहराले जानकारी दिए ।
आरोपीहरुबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।