काठमाडौं— नागढुङ्गा–नौबिसे सडकखण्डको नागमन्दिर नजिकै बस दुर्घटना भएको छ । सो दुर्घटनामा तीन जना घाइते भएका छन् ।

दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस बिहीबार बिहान पौने तीन बजेतिर सडकको नालीमा खसेको प्रहरीले जनाएको छ ।

सो बसले सडकको केही भाग अवरुद्ध हुँदा बिहानैदेखि सडक जाम भएको हो । बसलाई हटाउन क्रेन पठाइएको र केही समयपछि बाटो खुलेर सामान्य अवस्थामा फर्किने प्रहरीले जानकारी दिएको छ ।

धादिङको थाक्रेमा पुलमा भ्वाङ परेर अस्तिदेखि नै सवारी साधनहरु सहज रुपमा सन्चालन हुन सकेको थिएन ।