काठमाडौं— तीनकुनेमा भएको राजावादीे आन्दोलनमा २०८१ चैत १५ गते घाइते भएकी २२ वर्षीया रेविका खत्रीको न्यायका लागि निषेधित क्षेत्र संसद भवनको मूल गेट बाहिर विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । घाइते रेविकाको सहज उपचार र न्यायको माग गर्दै कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले आज प्रदर्शन गरेका हुन् ।
बानेश्वरस्थित संघिय संसद भवनको १ नम्बर गेटमा प्रदर्शन गर्ने क्रममा कोटेश्वर बहुमुखी क्याम्पस इकाई अध्यक्ष तथा क्याम्पसका स्ववियु सभापति सञ्जय बुढाथोकीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । नेपाल विद्यार्थी संघको आयोजनामा विद्यार्थीहरुले रेविकाको न्यायका लागि प्रदर्शन गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
कोटेश्वर बहुमुखी क्याम्पस इकाई अध्यक्ष तथा क्याम्पसका स्ववियु सभापति सञ्जय बुढाथोकी, सोही क्याम्पसका विद्यार्थी आशिष कार्की, सोही क्याम्पसमा अध्ययनरत अनिश खत्री, सोही क्याम्पसमा अध्ययनरत विद्यार्थी सन्तोष वि.क, सोही क्याम्पसमा अध्ययनरत विवेक गिरी, सोही क्याम्पसमा अध्ययनरत विद्यार्थी अनुमोल देवकोटा र थापाथली क्याम्पस स्ववियु सभापति पुष्कर बिक्रम शाहीलाई प्रह्रीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरी वृत्त बानेश्वरमा राखेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।