काठमाडौं— गत चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको आन्दोलनमा गोली लागेर घाइते भएकी रेविका खत्रीको न्यायको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । न्यायका लागि भन्दै कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले निषेधित क्षेत्र नयाँ बानेश्वरस्थित संसद भवनको मूल गेट अगाडि प्रदर्शन गरेका छन् ।

निषेधित क्षेत्र अगाडी प्रदर्शन गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

दुई जनाको ज्यान जाने गरी भएको तीनकुने प्रदर्शनको दुई महिना बितिसक्दा पनि आन्दोलनका क्रममा गोली लागेर घाइते भएकाहरू अझै उपचारमै छन् । आन्दोलमा कुनै सरोकार नै नभएकी उदयपुरकी रेविका पनि अस्पतालको बेडमै छिन् ।