काठमाडौं— लमजुङको सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापा रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार आज बिहान करिब साढे ३ बजे आगलागी भएको हो । प्रहरी र स्थानीयले उनी बसेको कोठाको ढोका फोडेर थापालाई उद्धार गरेका थिए । जलेर गम्भीर घाइते भएकी उनको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।