सुनसरी— मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आगलागि भएको छ । आगो आज बिहान २ः३० बजेदेखि लागेको इलाका प्रहरी कार्यालयले जनाएको छ । 

तिरुपती उड प्यानल इन्डष्ट्रीमा लागेको आगो निभाउने प्रयास जारी रहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

विद्युत् सर्ट भएर आगो सल्किएको हुनसक्ने प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जनाएका छन्  आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको उनको भनाइ छ ।