काठमाडौं— सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी संस्थाको रकम ठगी प्रकरणमा नेकपा एमालेका नेता कृष्ण अर्याल पक्राउ परेका छन् ।

ऋण लिएर नतिरेपछि ठगी मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका अर्याललाई सोह्रखुट्टे प्रहरीले पक्राउ गरी अपराध महाशाखालाई बुझाएको हो ।

उनी आफैँ सञ्चालक समितिमा रहेर सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी सस्थाबाट २०७४ साल जेठ ३० गते एघार लाख पचास हजार ऋण लिएका थिए । पछि भुक्तानीका लागि पटकपटक आग्रह गर्दा पनि अटेर गरेको उनीमाथि आरोप छ ।

अर्याल एमाले पर्यटन विभागका सदस्य समेत हुन् ।