काठमाडौं— सुदूरपश्चिम प्रदेशका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीको घरमा चोरी भएको छ । कैलालीको लम्किचुहा नगरपालिकां—४ बलियामा रहेको उनको निजी निवासमा चोरी भएको हो ।
चोरले मन्त्रीको घरबाट सुनको औंठी, सिक्री, चाँदीका गहनासहित ६५ हजार रुपैयाँ नगद चोरेको पाइएको छ । घरमा चोरी भएको बारे मन्त्रीको दिदी नाता पर्नेले प्रहरीमा जानकारी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यलय कैलालीका अनुसार उक्त घर विगत तीन महिनादेखि बन्द थियो ।
उक्त घरको दोश्रो तलाको ग्रिल फोडेर चोरी गरेको प्रहरीले जनाएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरिसकेको छ ।चोरले मन्त्रीको घरबाट सुनको औंठी, सिक्री, चाँदीका गहनासहित ६५ हजार रुपैयाँ नगद चोरेको पाइएको छ ।