भद्रपुर— झापामा गएराती आएको हावाहुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगर रहेका छन्।
गए राती आएको हावा हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।