अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ऐतिहासिक अल्काट्राज जेल पुनः खोल्ने र यसको विस्तार गर्ने घोषणा गरेका छन्। उनले आइतबार आफ्नो ट्रुथआउट सामाजिक सञ्जालमार्फत लेख्दै भने, "अमेरिका लामो समयदेखि क्रूर, हिंस्रक र बारम्बार अपराध गर्ने व्यक्तिहरूको समस्या भोगिरहेको छ।"
ट्रम्पले न्याय विभाग, एफबीआई, होमल्याण्ड सेक्युरिटी र कारागार ब्यूरोलाई अल्काट्राजसहित केही जेलहरू पुनः सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। उनका अनुसार, अल्काट्राज फेरि खोल्नु कानून, सुरक्षा र न्यायको प्रतीक हुनेछ।
समुद्रको बीच टापुमा रहेको अल्काट्राज जेललाई विश्वकै सबैभन्दा कडा सुरक्षायुक्त र खतरनाक जेलमध्ये एक मानिन्छ। यो जेल 1963 मा बन्द गरिएको थियो र हाल पर्यटकीय गन्तव्यको रूपमा सन्चालनमा छ। सान फ्रान्सिस्कोको प्रसिद्ध गोल्डेन गेट ब्रिजको नजिक अवस्थित यो जेल ऐतिहासिक रूपमा पनि महत्वपूर्ण मानिन्छ।




































