काठमाडौं— नेपाल विद्यालय कर्मचारी परि परिषद्ले हिजो सरकारसँग भएको शिक्षक र सरकारबीचको सहमतिमा असन्तुष्ट जनाउँदै असहमति जनाएको छ। परिषद्ले आज एक विज्ञप्ति जारी गर्दै असहमति जनाएको हो।

परिषद्ले परिषद्‌को संस्थागत धारणा बाहेकको सहमतिको घोर भर्त्सना गरेको छ।

‘नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको सडक आन्दोलनको २९ औं दिन प्रश्चात २०८२/०१/१७ गतेका दिन नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको ब्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्‌को संस्थागत धारणा बाहेकको सहमतिको घोर भर्त्सना गर्दछौँ,’विज्ञप्तिमा उल्लेख छ।

परिषद्ले थप कार्यक्रम समीक्षा बैठक पश्चात् कार्यक्रमहरू सार्वजनिक गरिने जनाएको छ।

teacher asantusti