काठमाडौं— शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । आज दिउँसो आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईबीच छलफल भएको थियो। प्रधानमन्त्रीसँग छलफल गर्न मन्त्री भट्टराई प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन ।