काठमाडौं— अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले फर्जी भर्ना गरिएको आरोपमा पब्लिक युथ क्याम्पसमा तालाबन्दी गरेको छ ।
निर्वाचन आयोग पब्लिक युथ क्याम्पसद्वारा निकालिएको अन्तिम मतदाता नामावली सूचिमा विटिटिएम् प्रोग्राम तेस्रो सेमेस्टरमा अध्ययनरत विधार्थीहरुको सूचीमा फर्जी पाइएको भन्दै तालाबन्दी गरिएको संयोजक रोशन कालिकोटेको हस्ताक्षर विज्ञप्तिमा उल्लेख छ । आफुहरुले भर्ना भएका विद्यार्थीहरुको तथ्यांक माग्दासमेत उपलब्ध नगराएको विषयप्रति आक्रोष भएको बताए ।

स विषयमा निर्वाचन समितिलाई जानकारी गराउँदा पनि बेवास्ता गरी निचन प्रक्रिया अगाडि बढाएको र वास्तविक विद्यार्थीलाई मताधिकारबाट वञ्चित गरेकोले बाध्य भएर तालाबन्दी गरिएको विज्ञप्तिमा उल्लेख छ ।