काठमाडौं— सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका छन् । शुक्रबार बिहान १० बजे रेक्टर केसीको कार्यकक्षमा तोडफोड गरेका हुन् ।

शुल्कको विषयलाई लिएर उनीहरूले विज्ञप्ति टाँस गरेका थिए । उक्त विज्ञप्तिमा रेक्टरबाट कुनै चासो नभएको भन्दै विद्यार्थीहरू पुगेर तोडफोड गरेका हुन् । उनीहरुले त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिन कार्यालयमा तोडफोड गर्नुअघि डिन कार्यालयमा तोडफोड पनि गरेका थिए ।

OM Sai Pathibhara Hospital

‘कार्यकक्षमा तोडफोड भएको छ । कुर्सी उल्टोपाल्टो भएको छ । कागजात छरप्रपट पारिएको छ । सिसा फुटाइएको छ,’ डिन प्रा.डा. शंकर खनालले भने ।

खनाल कार्यालय नपुग्दै कर्मचारले फोन गरेर तोडफोड भएको जानकारी गराएको बताए । स्वयंम पुग्दा तोडफोड भइसकेको थियो । कस्ले फोडेको हो त्यो पहिचान भएको छैन, उनले भने ।