काठमाडौं  - प्रहरीले ठगीमा संलग्न रहेको आरोपमा काठमाडौँको नयाँ बानेश्वरस्थित गैरीगाउँबाट एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने कल्पना गैरे हुन् ।

जबरजस्ती चोरी, ठगी तथा आपराधिक लाभ लिएको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध २०८१ फागु १५ मा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

OM Sai Pathibhara Hospital