काठमाडौं  स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति र प्रहरीबीच  नयाँ बानेश्वरमा झडप भएको छ। झडपमा प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गंगा पौडेल घाइते भएका छन् भने १२ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

डीएसपी पौडेलको टाउकोमा चोट लागेको र उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।

OM Sai Pathibhara Hospital


परम्परागत पोशाकमा सजिएका उनीहरूले  लामो समयदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्। २०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति विरोधमा उत्रिएका हुन्। उनीहरूले दुई बुँदे सहमति कार्यान्वयन हुनुपर्ने प्रमुख माग राखेका छन्।