काठमाडौं । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले आगामी चैत १गतेदेखी३ गतेसम्म ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृतिसम्मेलन–२०८१’को आयोजनागर्ने भएको छ ।
बुधबार मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै सम्मेलनको बारे जानकारी गराएको हो ।
हिमवत्खण्डमा उद्भवभएकामानव सभ्यता र सांस्कृतिक वैभवहरूका साथै यस भू–खण्डमा बसोवास गर्ने विभिन्नभाषा–भाषीकाविभिन्न संस्कृति, सभ्यता र ज्ञानपरम्परालाई आत्मसात् गर्दै यहाँकाविविधजातजातितथा समुदायबीच संस्कृतिआदान–प्रदान गर्ने, संस्कृति, सभ्यता र ज्ञानपरम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने, तिनको खोज–अन्वेषण, अध्ययन–अनुसन्धान, संरक्षण, संवद्र्धन र प्रबद्र्धन गर्ने, बहुभाषिकएवम् बहुसांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाई हिमवत्खण्डका संस्कृति र सभ्यताप्रतिगौरवको भावनाजगाउने, सामाजिकएकता र सद्भावलाई भावनात्मक र व्यावहारिक रूपमै सुदृढ तुल्याउँदै जाने उद्देश्यले हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मैलन २०८१ आयोजना गर्न लागिएको हो ।
यससांस्कृतिक सम्मेलनबाटहिमवत्खण्डका परम्परागत ज्ञान तथा मौलिक संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।भावी पुस्तालाई यस भू–खण्डका परम्परागतमूल्य–मान्यताको महत्वबोध गराई यसप्रतिआकर्षित गराइने छ ।
सम्मेलनमा हिमवत्खण्डमा बसोबास गर्ने विविधजातजातिका परम्परागत मौलिक संस्कृति, सांस्कृतिकझाँकी, वाद्यवादन, गीत–सङ्गीत, शिल्पकला, ललितकला, वेशभूषा, गरगहना, खानपानआदिको प्रदर्शनी गरिनेछ ।
सम्मेलनमा नेपालका सातवटै प्रदेशमाबसोबास गर्ने विभिन्नजातजातिका सांस्कृतिकझाँकीहरूको प्रदर्शनीपनि गरिनेछ र ती सांस्कृतिक सम्पदाकाबारेमा गोष्ठी–पत्रको प्रस्तुतिसहित प्राज्ञिक विमर्श गरिने छ ।
यस सम्मेलनमाभारतका नेपालीभाषी क्षेत्र सिक्किम, दार्जिलिङ, आसाम, मणिपुर, मेघालय, उत्तराञ्चलको देहरादुन, उत्तर प्रदेशको बनारस, लखनउका साथै अन्य देश म्यानमार, भुटान, बङ्गलादेश, थाइल्यान्ड, चीनको तिब्बतमाबसोबास गर्ने नेपालीभाषी लेखक–साहित्यकार, संस्कृतिविद् सांस्कृतिकअभियन्तातथाकलाकारहरूको उल्लेखनीय सहभागिता रहने छ ।
सम्मेलनकामुख्यआकर्षणहरू
नेपालका सातवटै प्रदेश हिमाल, पहाड, तराईका सांस्कृतिकझाँकीहरूको प्रतिनिधित्व गराइने छ । सम्मेलनमा नेपालबाहिरबाट एक जनागोष्ठी–पत्र विज्ञसहित बढीमा ५ जनाको समूहबनाउने गरी आमन्त्रण गरिएको छ । नेपालका सातवटै प्रदेशबाट एक एकवटा गोष्ठी–पत्र प्रस्तुत गरिनेछ । नेपालबाहिरका सहभागी स्थानबाट प्रतिनिधिमूलकगोष्ठी–पत्र प्रस्तुत गरिनेछ । सम्मेलन स्थलतथामञ्चलाई मौलिक नेपालीपनको झल्को दिने गरी सजावट गरिने छ । सम्मेलनमा सांस्कृतिक प्रस्तुती गरिनेछ । सम्मेलनमा प्राज्ञिक विमर्श गरिने छ ।
साथै प्रतिष्ठानले सहभागीहरुलाई सम्भव भएसम्मआ–आफ्ना मौलिकतथा राष्ट्रिय पोसाकमा सहभागीहुन अनुरोध समेत गरेको छ ।