OM Sai Pathibhara Hospital

राजबिराज । सप्तरी जिल्लाको राजविराज नगरपालिकामा अनियन्त्रित र खुल्लेआम सञ्चालनमा रहेको मदिरा पसल तथा भट्टीहरुलाई नियन्त्रण गर्न तराई–मधेश महिला फाउण्डेशनले नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।

फाउण्डेशनकी अध्यक्ष सुनिता साह क्रान्तिको नेतृत्वमा राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविनलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

‘राजविराज नगरपालिका क्षेत्र भित्रका अव्यवस्थित रुपमा मदिरा पसलहरु संचालन गर्न इजाजत दिइएको अवस्था विद्यमान रहेको छ । यसरी अव्यवस्थित मदिरा पसल संचालन तथा त्यसको समय सिमा केही नराखी जथाभावी तरिकाबाट मदिरा सेवन गर्ने व्यक्तिहरुले आफ्नो घर परिवार बाटो हिडने महिला, बालबालिकाहर प्रति भई रहेको असुरक्षा तया अभद्र ब्यबहारबाट बेचैन रहेको अवस्था प्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएकोध्यानाकर्षण पत्रमा उल्लेख छ ।’ ध्यानाकर्षण पत्र मार्फत यसप्रकार खुलेआम जथाभावी मदिरा पसल संचालनको इजाजत, मदिरा सेवन गर्ने समय, बाटोघाटोमा मदिरा सेवन गरी गरिरहेको अभद्र व्यवहार र तनाव व्यवस्थापन गर्न गराउन नगरपालिकालाई ध्यानआकर्षण गराएको फाउण्डेशनकी अध्यक्ष क्रान्तिले बताएकी छन् ।

यस्ता कियाकलापलाई समयमा नियन्त्रण गर्न गराउन अपिल गर्दै उपरोक्त समस्या समाधानका लागि समयमै आवश्यक पहल नगरिए बाध्य भई विरोधका कार्यकमहरु अघि सार्ने चेतावनीसमेत दिइएको छ ।