इटहरी l स्वतन्त्र पत्रकार संघ नेपाल कोशी प्रदेश समिति र सुनसरी जिल्ला समितिले सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति आपत्ति जनाएको छ ।
संघका प्रदेश संयोजक देवेन्द्र किशोर ढुङगाना र सुनसरी जिल्ला अध्यक्ष अकबर अलीले बिहिबार विज्ञप्ति जारी गर्दै अगुवा नागरिक संस्था महासंघलगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा संघको गम्भीर असहमति र आपत्ति रहेको बताए ।