OM Sai Pathibhara Hospital

सत्य कुरा गर्दिनाले , 

कुरा बन्ने छ ,

तर मनमा साचेर राखे ,

 दर्द बन्ने  छ ,

यही दर्द एक दिन 

विकराल रूप लिएर,

मानसिक व्यग्रताको

 शिकार बन्ने छ ।


बादलको बून्द झै 

घरबाट बाहर निस्क ,

पुरानो साथीसंग भेट 

केही नयाँ साथी बनाउ , 

,सबै केही -न-केही

भन्न -सुन्न चाहन्छ 

,केही सुनेर-सुनाएर 

सुमन  झै मुस्कुराउ ।


एक-अर्कालाई  सम्झिदा  

गन्तब्य सहज हुने छ ,

निराशा दूर भाग्ने , 

आशाको रोशनी देखिने छ ,

कहिले -काही -बसेर 

कुरा साँझा गर्नाले ,

एक अर्काको सल्लाहले 

समस्या दूर हुने छ ।


 मौन अभिशाप बन्न नदेउ 

, ध्यान दिनु है ,

सानोलाई प्यार, ठुलालाई 

मान-सम्मान दिनु है ,

उपकार गर कसैको 

ख़ुशी दिनु  त्यो उत्तम ,

कसैको दिल न दुःखोस ,

 ध्यान दिनु है ।