बझाङ :बझाङमा अस्पताल लैजाने क्रममा गर्भवती महिला र नवजात शिशुको बाटोमै मृत्यु भएको छ ।
केदास्युँ गाउँपालिका-१ की २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बाटोमै मृत्यु भएको हो । स्थानीय महिलाहरुले प्रसूति गराउनका लागि बोकेर अस्पताल लैजाने क्रममा बोहराले बाटोमै नवजात शिशुलाई जन्म दिएकी थिइन् ।शिशुको पनि केही समयपछि मृत्यु भएको हो।