झापा :चीनबाट फेरि कोरोनाजस्तै भाइरस फैलिएको छ।चीनमा ह्यूमन मेटान्यूमो अर्थात् एचएमपीभी भाइरसको सङक्रमण फैलिएको छ ।

कोरोना भाइरसका जस्तै लक्षण रहेको यो सङक्रमणबाट सयौं नागरिक बिरामी परेका छन् । अस्पतालमा यस्ता लक्षणसहित बिरामीको चाप बढ्दो छ । पाँच वर्ष अघि चीनबाट कोरोना महामारी फैलिएको थियो । अहिले फैलिएको एचएमपीभी भाइरसबाट साना बालबालिका र कमजोर समूहमा पर्ने वृद्धवृद्धा, दीर्घरोगी उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

OM Sai Pathibhara Hospital

चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो भाइरसबाट सङ्क्रमितमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घाँटीमा समस्या देखिने जस्ता लक्षण छन् । खोक्दा र हाँच्छ्यु गर्दा भाइरस फैलिने जोखिम धेरै हुने र भाइरसको असरले ब्रोन्काइटिस र निमोनिया हुनसक्ने चेतावनी दिइएको छ ।

चीन सरकारले अहिले देखा परेको भाइरसलाई नियन्त्रण गर्न नयाँ निगरानी प्रणालीको परीक्षण गरिरहेको जनाएको छ ।