बिर्तामोड़ :झापा बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर ५ का निवर्तमान वडा अध्यक्ष वासुदेव खतिवडाले झुन्डिएर आत्महत्या गरेका छन् ।  घरदेखि ५० मिटर टाढा किम्बुको रुखमा झुन्डिएर ६५ वर्षीय खतिवडाले आत्महत्या गरेका हुन्।

उनले आत्महत्या गर्नुपर्ने कारण नखुलिसकेको प्रहरीले जनाएको छ ।उनी  बि.सं.२०७४(२०१७) सालमा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि बि. सं.२०४८(२०१२) सालमा पनि उनी साबिक शान्तिनगर गाविस वडा नं ३ मा वडाध्यक्ष निर्वाचित भएका थिए।