काठमाडौं— नेकपा एमालेको अघिल्लो महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीसँगै लडेका एमाले नेता भीम रावल पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित भएका छन् ।
पार्टीमा फरक मत राख्ने भिम रावललाई एमालेले साधारण सदस्यबाट समेत हटाए ।
पार्टीबाट निस्कासित भएपछि उनले भने : 'मलाई कारबाही गर्ने ओली प्रवृत्तिको निरन्तरता हो, यसबाट म विचलित हुन्नँ, ओलीको निर्णय अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी र तानाशाही भए, देशभक्तिको आवाजबाट आत्तिएर उनले मलाई कारबाही गरेका हुन् ।'