इटहरी । नेपाल जेसीजको अध्यक्षमा फराकिलो मतान्तरले रजनी थापा निर्वाचित भएकी छन् ।
थापाले ७६२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी जीवन कार्कीले ४५३ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर ३०९ रहेको छ ।
यसैगरी कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तै, उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, सुमित्रा भट्टराई, अभिषेक दुलाल, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् ।
थापा सन् २०११ मा जेसीजको साधारण सदस्यको रूपमा जेसीज प्रवेश गरेकी उनी सन् २०१२ मा उपाध्यक्ष, सन् २०१३ मा कार्यकारिणी उपाध्यक्ष, सन् २०१४ मा कोषाध्यक्ष, सन् २०१५ मा वरिष्ठ कार्यकारिणी उपाध्यक्ष, सन् २०१६ मा तालिम संयोजक, सन् २०१७ मा कार्यक्रम कार्यान्वयन संयोजक, सन् २०१८ मा विजनेश प्रमोशन संयोजक हुँदै सन् २०१९ मा मनहरा जेसीजको अध्यक्ष भइन्।
उनले सन् २०२१ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष, सन् २०२२ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन् ।‘जेसीजमा हारिदैँन । कि, जितिन्छ, सिकिन्छ,’ उनले भनिन्, ‘मैले जेसीजलाई अब स्थानीय, प्रदेश र संघ सरकारसँग समन्वय गरेर अगाडि बढ्नेछु ।’
निर्वाचितहरूको मत कति ?
अध्यक्ष
रजनी थापा – ७६२ मत (विजयी)
जीवन कार्की– ४५३ मत
कार्यकारिणी उपाध्यक्ष
गणेश सापकोटा – ७८५ मत (विजयी)
एलिना महर्जन – ७३४ (विजयी)
कृष्ण सापकोटा – ७६८ (विजयी)
सौरभ श्रेष्ठ – ६८३ (विजयी)
उपाध्यक्ष
सन्दिप खत्री – १०६८ (विजयी)
दिपक अधिकारी – १०६२ (विजयी)
धनराज कँडेल – १०३४ (विजयी)
सुजन थापा काजी – १०२३ (विजयी)
संगम कार्की – ९५८ (विजयी)
बबिता पाण्डे – ९२२ (विजयी)
अभिषेक दुलाल – ९०७ (विजयी)
सुमत्रा भट्टराई – ८७८ (विजयी)
उज्जवल काबरा – ८२९ (विजयी)
सुवास गौतम – ८१८ (विजयी)
राघव कोइराला – ८०० (विजयी)
मनिप्रसाद अर्याल – ७८३ (विजयी)