काठमाण्डौ । भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगमलाई सहकारीको रकम अपचलनको आरोपमा प्रहरीको नियन्त्रणमा लिएको छ।
सहकारीको रकम दुरुपयोगबारे अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरिले जनाएको छ।जंगम बानेश्वरस्थित साई स्वागत सहकारीका पूर्व अध्यक्ष हुन्। सहकारीको आर्थिक अपचलनका सम्बन्धमा लामो समयदेखि छानबिन चल्दै आएको थियो।
यसै सन्दर्भमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।