काठमाण्डौ   ।    हङकङबाट काठमाण्डू आएको नेपाल वायुसेवा निगमको जहाजमा अचेत भएका यात्रुलाई अस्पताल पुरयाएपछि मृत घोषणा गरिएको छ ।

जहाजमा अचेत भएका ताप्लेजुङका ५३ वर्षीय देउमान लिम्बूलाई त्रिभुवन विमानस्थलबाट सिनामंगलस्थित काठमाण्डू मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएका लिम्बूलाई चिकित्सकले मृत घोषणा गरेको निगमले जनाएको छ ।निगमका प्रवक्ता रमेश पौडेलले हङकङबाट काठमाण्डू आउने क्रममा उडिरहेको जहाजमै अचेत भएका लिम्बूलाई अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको बताए ।

OM Sai Pathibhara Hospital

उनले भने, ‘विमानस्थलनमा लिम्बूका आफन्त लिन आएका  रहेछन । हामीले उनीहरुलाई नै जिम्मा लगाएका थियौं । लिम्बूलाई अस्पतालले मृत घोषणा गरेको हो ।’

निगमको आरए ४०१ उडानबाट लिम्बू नेपाल आएका थिए । उनी जहाजभित्र नै अचेत भेटिएको निगमले जनाएको छ ।