आठराई  ।  तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर दुई जनाको मृत्यु भएको छ । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलाको खोंचमा खसेर शनिबार दुई जनाको मृत्यु भएको हो ।

स्थानीय गौखुरी माध्यमिक विद्यालयका नर्स शिक्षीका रबिना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मीता भटराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी चिनिमाया तामाङले बताइन् ।

OM Sai Pathibhara Hospital

शनिबार बिदाको दिन शिक्षीका र विद्यार्थी विद्यालयको पुछारमा रहेको खोरुङगा खोलामा पौडी खेल्न गएका थिए । सोही खोलामा टिकटक बनाउने क्रममा खोंचमा खसेका दुवै जनाको घटना स्थलमै मृत्यु भएको हो ।

तामाङका अनुसार फोटो भिडियो खिच्ने क्रममा लडेर दुर्घटना भएको जस्तो देखिन्छ । खाेलाकाे खाेचमा खसेका दुई जनाकाे घटनास्थलमै मृत्यु भएकाे थियाे ।

‘खोलामा नहाउने क्रममा दुई जना विद्यार्थी र शिक्षिका अलिक पर गएका रहेछन , दुई जना लडेको खबरसँगै जानेले विद्यार्थीले ल्याएका थिए ,’उनले भनिन,‘सँगै जाने विद्यार्थी विछिप्त भएका कारण सबै कुरा खुलिसकेको छैन ।’