तेर्हथुम  ।   टिकटक बनाउॅदा खोलामा खसेर शिक्षक र विद्यार्थीको मृत्यु भएको छ।

तेह्रथुमको गौखुरी माविमा नर्स शिक्षिकाका रुपमा कार्यरत रबिना राजवंशी र कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ वर्षीया सुस्मिता भट्टराईको किनारामा टिकटक बनाउनेक्रममा खोलामा खसेर मृत्यु भएको छ ।

OM Sai Pathibhara Hospital

शनिवार दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो । 

उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेर उनीहरु खोलामा बगेका थिए ।

शनिवार अपराह्न खोलामा बगेका उनीहरुको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले जानकारी दिए । शव मृतकका परिवारलाई आइतबार मात्र हस्तान्तरण गरिने प्रहरिले बताएको छ ।