सिमरा  ।  बारामा कारभित्र मृत भेटिएका व्यक्ति प्रहरीकै कर्मचारी भएको खुलेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ निवासी राजकुमार रुम्बाको शव कारमा फेला परेको हो । 

शनिबार बिहान जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–११ स्थित सडकखण्डको छेउमा बागमती नम्बरको ०१–०२८–च–७६१६ नम्बरको कारबाट रुम्बाको शव फेला परेको बारा प्रहरीले जनाएको छ। मृतक प्रहरीकै कार्यालय सहयोगी(परिचर) भएको बाराका एसपी महेन्द्र खड्काले बताए । रुम्बा सिमरास्थित विमानस्थलमा कार्यरत थिए। 

OM Sai Pathibhara Hospital

अमाडार सडक खण्डको बाटोको साइडमा रोकी राखिएको कारभित्र उनको शव फेला परेको हो ।  मृतकको टाउको पछाडि चोट भएकाले हत्याको आशंका गरिएको छ ।  रुम्बाको हत्या हो वा होइन त्यसबारे यकिन गर्नका लागि अनुसन्धान भईरहेको  एसपी खड्काले बताए । घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्तन कुकुर मगाइएको छ ।  सो कार भने राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टर श्रीकान्त तिवारीको भएको खुलेको छ । काम पर्याे भनेर रुम्बाले उनीसँग कार लिएर गएका थिए।