काठमाडौं- नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं (NMSRA) को २०औं अधिवेशनका लागि कोष राज अवस्थीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। अवस्थीले आउँदो पुस ६ गते (डिसेम्बर २१) हुने निर्वाचनमा अत्यधिक मतले विजयी गराउन सबै सदस्यहरूलाई आग्रह गरेका छन्।

अवस्थीले आफ्नो उम्मेदवारीको मुख्य एजेण्डामा संघको सुदृढ विकास, सदस्यहरूको हकहितको संरक्षण र औषधि क्षेत्रमा सुधारका लागि योजनाहरू प्रस्तुत गरेका छन्। उनले आफूले संघको सदस्य, कोषाध्यक्ष र उपाध्यक्षका रूपमा १२ वर्षको अनुभव संकलन गरेको र यस अनुभवलाई आगामी कार्यकालमा संघलाई थप सशक्त र प्रभावकारी बनाउन प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

निर्वाचन नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सम्पन्न हुनेछ, र यस चुनावलाई औषधि क्षेत्रका लागि महत्त्वपूर्ण मानिएको छ। अवस्थीको नेतृत्वमा संघको भविष्य उज्जवल र प्रगतिशील हुने आशा व्यक्त गरिएको छ।