कुरा आज अर्थात मंसिर ७ गते कै हो । म इसेवाको सेवा केन्द्रमा कार्यरत भन्दै ९८१५२५२७३८ को नम्बरबाट फोन आयो। 

यो फोनमा कुरा गर्ने व्यक्तिले आफ्नो धेरै परिचय नै नदिइ । तपाईंलाई बधाई छ । तपाईंले इसेवाले सञ्चालन गरेको बोसन सेवाबाट नौ हजार पाँच सय रुपैयाँ जित्नुभयो । 

OM Sai Pathibhara Hospital

यति भन्दै अब त्यो बोनस रकम निकाल्नुपर्ने भएकाले अनलाइनमा कुराकानी गर्ने प्रस्ताव आयो यही प्रस्ताव अनुसार ह्वाट्स एपमा कुराकानी पनि भयो । कुराकानीमा हामीले तपाईंको कम्पनी इसेवाले मलाई कसरी बोनस दियो रे मलाई बुझाउनुहोस् त । इसेवाले त मेरो एपमा कुनै नोटिफिकेसन पठाएको छैन भनेपछि म यो तपाईंले पाएको बोनस रकम यतैबाट काटिदिऔँ भन्ने प्रश्न भयो । र काट्न लगाइयो । 

यो समस्या आएपछि हामीले इसेवाको सेवा केन्द्रमा कल गर्‍यौँ । पहिले एपमै भएको ०१५९७०१२१ मा कल गर्दा अटो रिसिभ भइ गुनासोको क्राइटएरिया भनेपछि सोही अनुसार गुनासो टिपाइयो । गुनासोको टिपोर्ट भएको नोटिफिकेसन आयो । र केही बेरमा त्यो बन्द गरिएको पनि नोटिफिकेसन आयो । यही हो इसेवाको जिम्मेवारी पना ?

  • E_Sewa1

अनि इसेवा एपमै भएको ९८०१०७९४६५ नम्बरको मोबाइल चाहिँ पटक पटक कल गर्दा पनि नउठ्ने कारण केहो ? इसेवाका नाममा ठगिने ग्राहकले पहिले गुनासो गर्न इसेवालाई कहाँ कसरी सम्पर्क गर्न सकिन्छ ? कि उजुरी लिएर कार्यालय नै आउनुपर्ने हो ?