काठमाण्डौ । दुर्गा प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विदेशमा लगानी रहेको भन्दै फेक डकुमेन्ट सार्वजनिक गरेको अभियोगमा उनलाई पक्राउ गरिएको सिआइबी स्रोतले बतायो ।
प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए।
गत असोज १५ गते काठमाडौं जिल्ला अदालतले मागेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनलाई रिहा गर्न आदेश दिएको थियो। दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सोही आदेश अनुरुप उनी धरौटी बुझाएर साँझ रिहा भएका थिए।